मुलुकमा उठिरहेको जातीय समस्याको भौगोलिक लेखाजोखा
ने पालमा 'जातीय समस्या' विगत दर्ुइ शताब्दीदेखि थुप्रि“दै गएको हो । हाम्रँे सर्न्दर्भमा जातीय समस्या भन्नाले सामाजिक-सांस्कृतिक, आर्थिक-राजनीतिक र जनसाङ्ख्यिक अधिकार उपभोग गर्ने मामिलामा विभिन्न समूह र सामाजिक वर्गका बीचमा रहेको असमानताबाट उत्पन्न समस्यालाई बुझ्नुपर्ने हुन्छ । अन्यत्रजस्तै नेपालको जातीय समस्या मूल रूपमा पहिचान, असमानता र भेदभावको समस्या हो । यसका जातीय र क्षेत्रीय दुवै आयामहरू छन् । उदाहरणका लागि, क्षेत्रीहरूको बाहुल्य भएर पनि मध्य र सुदूरपश्चिम नेपालका पहाडी र हिमाली भेग सामाजिक-आर्थिक विकासका सूचकका दृष्टिले सबैभन्दा पछाडि छन् ।
नेपाल राज्य सुरुवातदेखि नै हिन्दू धर्म, खस भाषा र खस-बाहुनको पर्वतिया संस्कृति र मान्यतामा आधारति सामाजिक र सांस्कृतिक एकरूपता स्थापनाको पक्षपाती रह्यो । नेपालमा जातीय विभेदको जरो नै यही सोचको ऐतिहासिक निरन्तरता हो । अहिले जातीयताको सवाल उठ्नुका पछाडि तीनवटा परस्पर सम्बन्धित आधार छन् ।
िपहिलो, राज्यद्वारा योजनाबद्ध ढङ्गले भेदभाव गरएिका र सीमान्तकृत जाति/जातको वास्तविक ऐतिहासिक गुनासो ।
दिोस्रो, जातीय, भाषिक र सांस्कृतिक पहिचानको राजनीतिको उदय ।
रि तेस्रो, वर्तमान समयमा नसुहाउने र विडम्बनापर्ूण्ा ऐतिहासिक परम्परालाई समावेशी, अग्रगामी, धर्मनिरपेक्ष, प्रगतिशील र प्रजातान्त्रिक राज्यमा रूपान्तरण गर्नका लागि राज्यको पुनःसंरचनाको आवश्यकता ।
जाति/जात र पहाड/मधेस
नेपालमा खास गरेर उत्तर र पर्ूवबाट बसाइ“ सरेर आएका मङ्गोल -जनजाति) तथा दक्षिण र पश्चिमबाट आएका ककेसियाली -जात) समूहका मानिसहरूको बसोवासबाट जनसाङ्ख्यिक विस्तार भएको हो । त्यसैले नेपाललाई बसाइ“सराइबाट निर्मित देश भनिन्छ । नेपालका सबैथरी आदिवासी-जनजातिहरू ककेसियाली जात समूहका मानिसहरू आउनुभन्दा पहिल्यैदेखि नेपालमा बसोवास गर्दैनथे । उदाहरणका लागि माइकल ओपिजले खुम्बू क्षेत्रका सम्भवतः सबैभन्दा पुराना बासिन्दा शर्ेपाहरू सन् १५३३ तिर मात्रै त्यहा“ आएको देखाएका छन् ।
कतिपय अन्य जातिले पनि भिन्न ऐतिहासिक कालखण्डमा नेपाल आएर भिन्न तरकिाले समाज र संस्कृतिलाई संयोजन गरेको देखिन्छ । त्यस्तै, पहाड र तर्राईका जात समूहका भिन्नताको प्रमुख कारक उनीहरूको सांस्कृतिक संयोजन र सङ्क्रमणको भिन्न अनुभव हो । दुवैको उद्गम भारत हो तर समय बित्दै जा“दा पहाडका बाहुन र क्षेत्रीले बेग्लै भाषाको विकास गरे । र, आफ्नो संस्कृतिलाई जीवनयापनको अवस्था अनि भौगोलिक-राजनीतिक आवश्यकता अनुसार संयोजन गरेे ।
तर्राईमा चाहि“ यसो गर्नुपर्ने खण्ड नै बनेन । तर्राई भौगोलिक रूपले पर्ूवदेखि पश्चिमसम्म वारपार फैलिएको एउटै भौगोलिक एकाइ होइन । बरु, यो तीनवटा पृथक् एकाइले बनेको छ- झापादेखि पर्सर्ााम फैलिएको पर्ूर्वी तर्राई, नवलपरासी, रूपन्देही र कपिलवस्तु मिलेर बनेको मध्य तर्राई र बा“केदेखि कञ्चनपुरसम्मको पश्चिम तर्राई । ऐतिहासिक हिसाबले मधेस र भित्री मधेसबीचको सांस्कृतिक भिन्नता के हो भने मधेसमा तर्राईका विभिन्न जात र भाषिक समूह -मैथिली, भोजपुरी र अवधी भाषी), विभिन्न जनजाति -थारू, राजवंशी आदि), विभिन्न धर्मावलम्बी -हिन्दू र मुसलमान) अनि भारतीय मूलका आप्रवासी -मारवाडी, बङ्गाली, शिख आदि)को बसोवास छ भने भित्री मधेसमा मूल रूपमा थारू, बोटे, दनुवार, दर्राई, कुमाल, माझी, राजी र राउटेजस्ता आदिवासी बसोवास गर्छन् ।
स्पष्टतः प्रदेशका रूपमा मधेसको बोध र प्रादेशिक पहिचानका रूपमा मधेसीको सोच एउटै कुरा होइनन्् । सांस्कृतिक, भाषिक अथवा धार्मिक दृष्टिले एक रूप र्सव-मधेसी पहिचान छैनन् । मधेसीहरूलाई एकताबद्ध बनाउने साझा तत्त्व भनेको ऐतिहासिक कालदेखि राज्यले उनीहरूप्रति गरेको विभेदपर्ूण्ा र असमावेशी व्यवहार हो ।
सन् २००१ को जनगणनामा पहिचान गरएिका एक सय जाति/जातमध्ये छवटा जाति/जातको मात्र जनसङ्ख्या कुल जनसङ्ख्याको पा“च प्रतिशतभन्दा बढी छ र १८ जाति/जातको जनसङ् ख्या कुल जनसङ्ख्याको एक प्रतिशतभन्दा बढी छ । यिनमा सङ्ख्यात्मक हिसाबले क्रमशः क्षेत्री, बाहुन, मगर, थारू, तामाङ, नेवार, मुसलमान, कामी, यादव, र्राई, गुरुङ, दमाई, लिम्बू, ठकुरी, सार्की, तेली, चमार र कोइरी पर्छन् । यिनीहरू कुल जनसङ्ख्याको ८१ प्रतिशत छन् । एक लाखभन्दा बढी जनसङ्ख्या भएका जाति/जात ३१ मात्र छन् । अर्थात् ६९ जाति/जातको जनसङ्ख्या एक लाखभन्दा कम छ । दलित तथा गैरदलित गरी ५३ जात समूहको जनसङ्ख्या मुलुकको कुल जनसङ् ख्याको ५८.२ प्रतिशत रहेको छ ।
प्राकृतिक प्रदेशका आधारमा जिल्लाहरूको जनसङ्ख्याको बनोट हर्ेदा के देखिन्छ भने पहाडी र हिमाली जिल्लाका ९६ प्रतिशतभन्दा बढी मानिसहरू पहाडी-हिमाली जनसाङ्ख्यिक समूहका छन् । उता तर्राईका २० जिल्लामा तर्राई जनसाङ्ख्यिक समूहका जाति/जातको सङ्ख्या -मुसलमानसहित) त्यहा“को कुल जनसङ्ख्याको ६४.३ प्रतिशत मात्र छ । यसले तर्राईमा पहाडी जाति/जातको विस्तारमा बसाइ“सराइले महत्त्वपर्ूण्ा भूमिका खेलेको देखाउ“छ । तर्राईमा रहेका पहाडी जनसाङ्ख्यिक समूहका मानिसहरूमध्ये ६४.३ प्रतिशत जात समूहका र ३५.७ प्रतिशत जनजाति समूहका रहेका छन् । तर्राईका छवटा जिल्लामा पहाडी जनसाङ्ख्यिक समूह बहुमतमा छन् ।
समग्रमा हर्ेदा पहाडी/हिमाली जिल्लाहरूमा आठवटा मुख्य जाति/जातको वर्चस्व रहेको छ । तिनमा पर्ूवमा लिम्बू, र्राई र क्षेत्री, मध्यमा तामाङ र नेवार, पश्चिममा मगर, गुरुङ र बाहुन अनि मध्यपश्चिम र सुदूरपश्चिममा क्षेत्रीहरू पर्छन् । तर्राईका जिल्लाहरूमा कुनै पनि जनजाति/जातको वर्चस्व त्यति स्पष्ट छैन । मध्य र सुदूरपश्चिममा थारूहरूलाई छाडेर मध्य तर्राईका मुसलमान अनि पर्ूर्वी तर्राईका यादव र बाहुनजस्ता मुख्य जनजाति/जात अन्य जनजाति/जातका तुलनामा अलिकति मात्र धेरै छन् ।
मुख्य जाति/जातको वितरण, बाहुल्य र फैलावट
गाविस/नगरपालिका तहमा सन् २००१ को तथ्याङ्कका आधारमा गरएिको विश्लेषणले के देखाउ“छ भने क्षेत्री, मगर, तामाङ, थारू र बाहुन गरी पा“च जनजाति/जातको एक-एक सयभन्दा बढी गाविसमा बाहुल्य छ । क्षेत्री कुल ९ सय २८ गाविसमा सबभन्दा ठूलो समूहका रूपमा रहेको छ भने बाहुन ४ सय ९१, मगर ३ सय ६२, थारू ३ सय १०, यादव ३ सय ८, तामाङ ३ सय १, मुसलमान २ सय ७८, र्राई १ सय ८०, गुरुङ १ सय ३० र लिम्बू १ सय २१ गाविसमा सबैभन्दा ठूलो समूहका रूपमा रहेका छन् ।
नेपालका कुल गाविस तथा नगरपालिकाहरूको ३२ प्रतिशत अर्थात् जम्मा १ हजार २ सय ९१ गाविस/नपामा एउटा न एउटा जाति/जात बहुमतमा रहेको देखिन्छ । थुप्रै अल्पसङ्ख्यक जातजातिहरूको आफ्नै थातथलो छ । उदाहरणका निम्ति चेपाङहरू चार गाविसमा बहुमतमा छन् । थामीहरू तीन, छन्त्याल र सुनुवार दर्ुइ-दर्ुइ, लेप्चा र पहरी एक-एक गाविसमा बहुसङ्ख्यामा रहेका छन् । जम्मा ७२ जनजाति/जात समूह कुनै पनि गाविसमा बहुमतमा छैनन् भने ३७ जनजाति/जात कुनै पनि गाविसमा सबैभन्दा ठूलो समूहका रूपमा रहेका छैनन् ।
अर्को चाखलाग्दो तथ्य के छ भने मुख्य जाति/जात समूहको फैलावट पनि व्यापक छ । क्षेत्री कुल १ हजार ९ सय ३० गाविस/नपामा त्यहा“को जनसङ्ख्याको १० प्रतिशतभन्दा बढीको अनुपातमा छन् । त्यस्तै, बाहुन १ हजार ४ सय ६७, मगर ८ सय ७०, थारू ४ सय ३७, तामाङ ६ सय ३२, नेवार ३ सय ७०, मुसलमान ४ सय ९७, यादव ५ सय ७३, र्राई ३ सय ३५, गुरुङ ३ सय २ र लिम्बू १ सय ९१ गाविस/नपामा त्यहा“को जनसङ्ख्याको १० प्रतिशतभन्दा बढीको अनुपातमा छन् ।
गाविसमा जाति/जातको सबभन्दा बढी जनसङ्ख्या र एउटै जाति/जात भएका छिमेकी गाविसहरूको सन्निकटताका दर्ुइ आधारमा जातीय प्रदेश र क्षेत्रहरू छुट्याउन सकिन्छ । यसरी पहाडतिर जम्मा आठवटा जातीय प्रदेशहरूको पहिचान गर्न सकिन्छ । ती हुन् ः मध्य र सुदूरपश्चिममा क्षेत्री, पश्चिमोत्तर भेगमा गुरुङ, पश्चिममा मगर, मध्यमा तामाङ, काठमाडा“ै उपत्यकामा नेवार, पर्ूवमा र्राई, पूर्वोत्तरमा शर्ेपा र सबैभन्दा पर्ूवमा लिम्बू ।
तर, यी जाति/जातगत प्रदेशहरूमा पनि खास जाति/जातहरूको बाहुल्य भएका क्षेत्रहरू छन् । मगर प्रदेशको दक्षिण-पश्चिममा अर्घर्ाा“चीदेखि उत्तर-पर्ूवमा कास्कीसम्म बाहुनको घना आवादी भएको चौडा क्षेत्र छ । त्यस्तै, तामाङ प्रदेशको पर्ूवाेत्तर भागका दोलखा र रामेछापमा क्षेत्रीको सघन आवादी छ । दक्षिणी सङ्खुवासभा, भोजपुर र उत्तरी धनकुटामा पनि क्षेत्रीको उल्लेख्य बसोवास छ । अनि लिम्बू प्रदेशको दक्षिण ताप्लेजुङदेखि पर्ूर्वी इलामसम्म र्राईको सापेक्षिक घना आवादी छ ।
तर्राईमा मध्य र पश्चिम तर्राई थारूहरूको सापेक्षिक बाहुल्य भएको प्रदेशका रूपमा देखिन्छ भने पर्ूर्वी तर्राईको सप्तरीदेखि रौतहटसम्म यादवको प्रदेशका रूपमा । पर्ूर्वी तर्राईको झापा र पर्ूर्वी मोरङमा बाहुनको सघन बसोवास छ । त्यस्तै पश्चिमी मोरङ, सुनसरी र उत्तरी सप्तरीमा थारूको उल्लेख्य बसोवास छ । उत्तरी रौतहटदेखि उत्तरी पर्सर्ाा पनि थारूको बाहुल्य छ । चितवनमा थारू र बाहुन-क्षेत्रीको मिश्रति आवादी बाहुल्यमा छ । पश्चिम तर्राईमा रूपन्देही-कपिलवस्तु र बा“के गरी दुइटा मुसलमानको सापेक्षिक बाहुल्य भएका क्षेत्र छन् ।
पहाडका दलितबाहेकका चार जात -क्षेत्री, बाहुन, ठकुरी र सन्न्यासी)लाई गाविसको सबैभन्दा ठूलो एउटै समूहका रूपमा लिने हो भने मध्य र सुदूरपश्चिमका साथसाथै यस समूहको बलियो उपस्िथति झन्डै मध्य पहाड र तर्राईको उत्तरी भेगभर िनै छ । यो समूह कुल १ हजार ७ सय ६० गाविसमा सबैभन्दा ठूलो समूहका रूपमा रहेको छ भने १ हजार ४३ गाविसमा यस समूहको बहुमत छ । अर्काे शब्दमा भन्दा देशका हरेक चारमध्ये एक गाविसमा यस समूहको बहुमत छ । पर्ूर्वी, मध्य र पश्चिमी पहाड र पश्चिम तथा सुदूरपश्चिम तर्राईका १ हजार ३ सय ४६ गाविसमा आदिवासी-जनजातिको बहुमत छ । अर्थात्, देशका हरेक तीनमध्ये एक गाविसमा आदिवासी-जनजाति बहुमतमा छन् ।
दलित समूह नेपालको सबैभन्दा शोषित, पीडित र समाजद्वारा ठगिएको समूह हो । २००१ को जनगणना अनुसार नेपालमा दलितको जनसङ् ख्या १३ प्रतिशतका हाराहारीमा छ, जुन कुनै पनि जनजाति समूहभन्दा बढी हो । तर, जनजातिहरूको जस्तै दलितहरूको आफ्नो भौगोलिक क्षेत्र छैन । जम्मा ३१ वटा जिल्लामा दलितको जनसङ्ख्या १२ प्रतिशतभन्दा बढी छ । पश्चिमका आठवटा जिल्लाहरू बाग्लुङ, जाजरकोट, र्सर्ुखेत, दैलेख, कालीकोट, अछाम, बाजुरा र डोटीमा उनीहरूको जनसङ्ख्या त्यस जिल्लाको कुल जनसङ्ख्याको २३ देखि ३० प्रतिशतसम्म छ । नेपालका १२ वटा गाविसमा मात्रै उनीहरूको बहुमत छ । पश्चिम र सुदूरपश्चिम पहाड र पर्ूर्वी तर्राईका २ सय ११ गाविसमा दलितको जनसङ्ख्या त्यस गाविसको जनसङ्ख्याको ३० प्रतिशतभन्दा बढी छ ।
तर्राईका जात समूहको सबैभन्दा ठूलो आवादी र घनत्व पर्ूर्वी तर्राईका जिल्लामा छ । सुनसरीदेखि पर्सर्ााम नौवटा जिल्लाका दक्षिणी सिमानाका लहरै रहेका ६ सय ९९ वटा गाविसमा तर्राईका जाति/जातको जनसङ्ख्या त्यहा“को कुल जनसङ्ख्याको ७५ प्रतिशतभन्दा बढी छ । अर्थात् त्यहा“का प्रत्येक चार जनामध्ये तीन जना मानिस तर्राई जाति/जातका छन् । तर्राईका जाति/जातको यस्तो घनत्वले समानता अनि मधेसको क्षेत्रीय स्वायत्तताको आन्दोलन मूल रूपमा किन पर्ूर्वी तर्राईमा केन्द्रित भयो भन्ने कुराको पनि जवाफ दिन्छ ।
बसाइ“सराइ
Sunday, May 25, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment